काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी- २० विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।

यस्तै क्यानले स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

क्यानको आफ्नै आयोजनामा आगामी मंसिर १५ देखि ६ पुस सम्म हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ ।