काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एक मात्र उम्मेदवार थिए।