काठमाडौं - साफ यु-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । 

फाइनल खेल आज दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४- १ र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४- ३ ले हराउँदै फाइनलमा पुगेका हुन् । 

गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो । यस पटक घरेलु टोली नेपाल उपाधि आफ्नो हातमा पार्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।