काठमाडौं - साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बंगलादेशले टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो। 

९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि टाइब्रेकरबाट विजेता टुंगो लागेको हो। नेपाल र बंगलादेश बीचको फाइनल खेल बुधबार हुने छ।