काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेश खेल्दैछन् । 

खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउसो ३ बजे सुरु हुने छ ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४- १ ले हराउँदै फाइनलमा पुगेको छ ।

आजको विजेता टोलीले बुधबार हुने फाइनल खेलमा नेपालसँग सामना गर्ने छ ।

फाइनल खेल बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा खेलाइने छ ।