काठमाडौं - नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा नेपाल ४-१ ले विजयी भएको हो । 

नेपालका गोलकिपर जियारथ शेखले भुटानको २ वटा प्रहार रोकेपछि नेपालले फाइनलको यात्रा पक्का गरेको हो । 

भुटानले पेनाल्टीमा एक गोलमात्र फर्कायो ।