काठमाडौं - साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । 

नेपाल समूह ए को विजेता र भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

यस्तै दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । 

फाइनल खेल भने बुधवार दशरथ रङ्गशालामा हुनेछ ।