काठमाडौं - माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । 

भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । 

समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छ भने भूटान उपविजेता बनेको छ ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । 

अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच यही भदौ ९ गते प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश  भिड्नेछन् । उक्त खेल भने भदौ १० गते हुनेछ ।