काठमाडौं - नेपाल ओडीआई वरियतामा एक स्थान माथि उक्लिएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो ।

वरियतामा क्यानडा २ स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रहरुमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । 

ओडीआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

टी ट्वान्टी आईतर्फ भने नेपाल १७ औँ स्थानमा कायमै रहेको छ । 

फोटोः क्यान