काठमाडौं - यु-२० साफ च्याम्पियनसिप फुटबलमा आज माल्दिभ्स र भुटान खेल्दैछन् । 

खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।

हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २- ० गोलले हराएर सेमिफाइनलमा पुगेको छ । नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।

भोलि नेपाल र बङ्गलादेश खेल्नेछन् । यो खेलको विजेता टोलीले समूह विजेताका रुपमा सेमिफाइनल खेल्नेछ ।