काठमाडौं -  असुरक्षा लगायतको कारण देखाउँदै महिला टी-२० विश्वकप बङ्गलादेशबाट यूएई सारिएको छ । 

बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गर्दै महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा गर्ने जनाएको हो। 

१० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म सञ्चालन हुनेछ ।