काठमाडौं - साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भारतले भुटानलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले १–० को जित दर्ता गरेको हो। भारतका लागि मोनिरूल मोल्लले एक मात्र निर्णायक गोल गरे। उनले ३७औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै भारतले समूहमा ३ अंक जोडेको छ।

६ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन्। यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।