काठमाडौं - साफ यू-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी भएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १-० को जित दर्ता गरेको हो।

खेलको २४ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो।  जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ए मा नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।