काठमाडौं - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १- ० गोलले हराएको थियो भने आइतबार उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १- ० गोलले पराजित गरेको थियो  ।

नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी रहेका छन् ।