काठमाडौं - दशरथ रंगशाला हिलाम्य भएपछि एन्फाले साफ यु-२० प्रतियोगिता अन्तर्गतका खेलहरु एन्फा मैदान ललितपुरमा गर्ने भएको छ।
यसका लागि एफसीका म्याच कमिसनर अब्दुल अहमदले साफ यु-२० प्रतियोगिता हुने एन्फा मैदानको निरीक्षण गर्नु भएको छ ।
दशरथ रंगाशालामा हुने भनिएको खेल मैदान हिलाम्ये भएपछि साफ यु-२० फूटबल एन्फा मैदान ललितपुरमा खेलाइने भएको हो ।
कमिस्नर अहमद सहितको टोलीले आज एन्फा मैदानको स्थलगत निरीक्षण गरेको हो ।
यसअघि त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा प्रतियोगिता खेलाउने भनिएकोमा यसै साता आयोजना गरिएको नेपालको चर्च ब्वाइज क्लव र भुटानको पारो फुटबल क्लवबीचको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलको क्रममा रङ्गशाला थप बिग्रिएपछि खेल मैदान सारिएको हो ।
प्रतियोगितामा नेपाल सहित भुटान बंगलादेश भारत माल्दिभ्स र श्रीलंका गरी ६ सार्क राष्ट्रका टोलीहरुले सहभागिता जनाउँदैछन् ।
0 comment