काठमाडौं - आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ। 

स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर ५ बलमा अल आउट हुँदै २ सय १८ रन मात्र्र बनाउन सक्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।

अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए भने स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए।

८ टोली सहभागी लिग-२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् ।