काठमाडौं - रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियममा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरेका थिए । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।

रियल मड्रिडले यो छैटौं पटक सुपर कपको उपाधि जितेको हो ।