काठमाडौं - पेरिस ओलम्पिक २०२४ भव्यताकासाथ सम्पन्न भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजना भएको भव्य समापन समारोहमा कलाकारहरुको बेजोड प्रस्तुतीबीच ओलम्पिक प्रतियोगिताको ३३औं संस्करण पेरिस ओलम्पिक २०२४ समापन भएको हो ।

अर्को ओलम्पिक ४ वर्ष पछि सन् २०२८ मा अमेरकी शहर लस एन्जल्समा हुनेछ जसलाई ओलम्पिकको झण्डा हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी पारा ओलम्पिक यही अगस्ट २८ तारिखबाट पेरिसमा नै हुनेछ ।

१६ दिनसम्म चलेको ओलम्पिक्समा अमेरिकाले सर्वाधिक ४० स्वर्णसहित १२६ पदक जिती शीर्षस्थान हासिल गरेको छ । चीनले पनि ४० स्वर्ण सहित ९१ पदक जिती दोस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण पदक सहित ४५ पदक जितेको छ । ९२ मुलुकले सहभागीता जनाएको पेरिस ओलम्पिक्समा ६२ मुलुकले स्वर्ण पदक जित्न सफल भएका छन् भने ८४ मुलकले कुनै एक पदक जितेका छन् ।

ओलम्पिक्सको यही साउन ११ गते भव्य समारोहकाबीच उद्घाटन गरिएको थियो ।।