काठमाडौं - पेरिस ओलम्पिक्सको महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं‌ स्थानमा रहँदै ओलम्पिक यात्रा अन्त्य गरेकी छिन्। 

यो सँगै पेरिस ओलम्पिक्समा नेपालको सबै चुनौती समाप्त भएको छ। 
 
आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गर्नुभयो । महिला म्याराथनमा विश्वका ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन् । 

पहिलो पटक ओलम्पिक खेल्नु भएकी सन्तोषीले वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकि हुन् ।

 म्याराथनमा केन्याकी सिफन हसन नेदरल्याण्ड २ घन्टा २२ दशमलव ५५ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक रेकर्ड सहित स्वर्ण जित्न सफल भइन्। स्वर्ण विजेता भन्दा सिफन भन्दा सन्तोषी ३२ मिनेट ११ सेकेन्डले पछि परेकी हुन् ।