काठमाडौं - पेरिस ओलम्पिक खेलमा अमेरिकालाई पछि पार्दै चीनले ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शनिबार भएका विभिन्न प्रतिस्पर्धापछि अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा  परेका छन् ।

दोस्रोमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।  

पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कास्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ भने इटाली १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।