काठमाडौं - काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। यो सँगै  प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। 

आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले हराएको हो । अब दोस्रो भएको नेपाल र तेस्रो भएको इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

आजै भएको अर्को  खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो।

हारसँगै श्रीलंका चौथो स्थानमा रहेको छ । अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।।