काठमाडौं - काभा महिला भलिबल नेसन्स लिग अन्तरगत आइतबार भएको खेलमा नेपाल इरानसँग पाँचौ सेटमा पराजित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भड हलमा सम्पन्न खेलमा नेपालले इरानसँग ३ -२ को सेटबाट पराजित भएको हो । पहिलो सेट १६-२५ ले इरानलाई सुम्पिएको नेपालले दोस्रो सेट भने २५-१६ ले आफ्नो पक्षमा पार्दै बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट २३-२५ ले गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै चौथो सेट भने २५-१५ ले जितेको थियो। योसँगै ५ सेटको खेल २-२ को स्थितिमा पुग्यो । र अन्तिम सेटमा नेपाल इरानसँग १५ - १३ बाट पराजित हुन पुग्यो ।
पराजितका बाबजुत पनि नेपाल सेमिफाइनलमा पुग्न सफल भएको छ । यस अघि शनिबार पनि नेपाली महिला टोलीले भारतलाई ३- २ को सेटमा हराएर इतिहास रचेको थियो । पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो। नेपालले अन्तिम खेल प्रतियोगिताबाट बाहिरी सकेको मालदिम्भसंग खेल्नेछ ।
इरानले चार खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । भारतले ७, श्रीलङ्काले ४ अंक पाउँदा माल्दिभ्स अंक बिहिन छ।आइतबार भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–२२, २५–१२ र २५–१२ लाई हरायो। माल्दिभ्सको हारसंगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल प्रतिद्वन्द्वी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबिच सेमिफाइनल हुनेछ । सोमबार लिग चरणको अन्तिम दुई खेल हुनेछ । जहाँ श्रीलङ्का र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
0 comment