काठमाडौं - पेरिस ओलम्पिक २०२४ मा चीनले १६ स्वर्ण पदक हासिल गर्दै तालिकाको शिर्षस्थानलाई कायम राखेको छ । चीनले हालसम्म १६ स्वर्ण, १२ रजत र ९ कास्य पदक जितेको छ ।

त्यस्तै अहिलेसम्म सर्वाधिक पदक जितेको अमेरिका १४ स्वर्ण प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । उसले हालसम्म १४ स्वर्ण, २४ रजत र २३ कास्य गरी कुल ६१ पदक हात पारेको छ ।

फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कास्य गरी ४१ पदकसहित तेस्रो स्थानमा रहेको छ । हालसम्म अस्ट्रेलियाले १२ स्वर्ण, ८ रजत र ७ कांस्य गरी २७ पदक जित्दै चौथो स्थानमा रहेको छ । 

ग्रेट ब्रिटेनले १० स्वर्ण, १० रजत, १३ कास्य गरी ३३ पदकसहित तालिकाको पाँचौँ स्थानमा छ । यसैगरी दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ कास्य गरी २१ पदक जित्न सफल भएको छ ।

जापानले पनि  ८ स्वर्ण, ५ रजत र ९ कांस्य गरी २२ पदकका साथ सातौँ स्थानमा रहेको छ । इटलीले हालसम्म ६ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल १९ पदक जम्मा पारेको छ ।

नेदरल्याण्ड्स ६ स्वर्ण, ४ रजत र ४ कास्यसहित १४ पदक जितेर शिर्ष दश भित्र पर्न सफल भएको छ । क्यानडा ४ स्वर्ण, ४ रजत र ७ कास्य गरी कुल १५ पदक जितेर दशौँ स्थान ओगट्न सफल भएको छ ।