काठमाडौं - एसीसी महिला एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ। 

पराजित भएसँगै नेपाल एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। भारतका लागि सफाली बर्माले ८१ रन बनइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन्।

नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालल युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।