काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे। उनले गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उचो बनाउने विश्वास व्यक्त रे । उनले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए।्

कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, शुटिङबाट सुश्मिता नेपाल, जुडोतर्फ मनिता श्रेष्ठलगायत सहभागी हुँदैछन् ।