काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चार जनालाई स्पष्टीकरण मागेको छ। 

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दर्गाराज पाठक र सुनसरी अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधेको हो।

संघको निर्णय विपरीत आधारहीन विषयमा अन्तर्वार्ता दिएको भन्दै उनीहरूमाथि स्पष्टीकरण सोधिएको क्यानले विज्ञप्ति जारी गरेको जानकारी दिएको छ।

'विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महशुस गरेकाले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई संघको विधान बमोजिम स्पष्टीकरण सोधि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पारित गरियो,' विज्ञप्तिमा भनिएको छ।