काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झाना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, क्रितिका मरासैनी, रोमा थापा र डोल्ली भट्ट छन्।

नेपालले श्रीलंकामा आयोजना हुने एसीसी महिला एसिया कपमा सहभागी हुँदैछ। नेपाल भारत र पाकिस्तान रहेको समहू ए मा छ। नेपालले १९ जुलाईमा युएई, २१ जुलाईमा पाकिस्तान र २३ जुलाईमा भारतसँग खेल्नेछ।