काठमाडौँ – टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्ने बङ्गलादेशका युवा बलर तान्जिम हसन शकिबलाई आईसीसीले कारबाही गरिएको छ ।

खेलमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो । बङ्गलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुबैबिच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए । आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै शकिबलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो ।

नेपालविरुद्धको खेलमा तन्जिम हसन शकिबले उत्कृष्ट बलिङ गरेका थिए । यो खेलमा उनले ४ ओभरको स्पेलमा २ मेडन बलिङ गर्दै ७ रन मात्रै खर्चिएर ४ विकेट लिएका थिए । उनले टी–२० विश्वकपको एक इनिङमा सबैभन्दा धेरै डट बल गर्ने कीर्तिमान पनि बनाएका छन् । यद्यपि यो रेकर्ड पछि लोकी फर्गुसनले तोडेका थिए, तर यो तन्जिम हसनको करियरको उत्कृष्ट बलिङ स्पेल थियो ।

खेलपछि भएको पत्रकार सम्मेलनमा तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए । उनले भने, मैले तान्जिम हसन शकिबलाई जाउ र बलिङ गर मात्रै भनेँ, अरु केही पनि भनिन । तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो । 

यही कारणआईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।