सुरेन्द्र ढकाल प्रतिष्ठान र Children Off The Street (COTS) वीच सहकार्य

पृष्ठभूमी 

नेपाल एक भू–परिवेष्ठित पहाडी देश हो । देशको भौगोलिक बनावट अनुसार उत्तरतिर विशाल शक्तिशाली राष्ट्र चिन र दक्षिण तर्फ भारत छिमेकी देशहरुको विचमा रहेको छ । यसको साथै पहाडी भेष भुषामा सजिएर रहेको सानो देश नेपालमा विभिन्न प्रकारका फरक फरक जातिहरु भाषाहरु साथै उनीहरुका फरक फरक भेष भुषाहरु र रहन सहन पाइन्छ । यी फरक फरक रहन सहनमा धेरै प्रकारका समस्याहरु छन् । ती समस्याहरुमा सबै भन्दा बढी समस्या बालिकाहरुमा देखिन्छ । जुन खानलाउन साथै शिक्षाको प्रमुख कारण भएको पाइन्छ । यीनै समस्याहरु मध्ये शिक्षा सबै भन्दा बढी र नभइ नहुने कुरालाई नकार्न सकिन्न ।

देशमा भएका जतिपनि परिवर्तन आए देखिए त्यसले केवल नारालाई मात्र बढी प्राथमिकता दियो जुन गरिव असहाय र अनाथ टुहुरा बालिकाहरुको लागी केही दिन सकिरहेको छैन । यसको ज्वलन्त उदाहरण सरकारको तर्फबाट भएको सहयोगको प्रतिशतबाट प्रष्ट देखिन्छ । जुन प्रतिशतको तुलनामा देशमा संचालन भएका विभिन्न एन.जि.ओ., आई. एन जिओ, सामुन्ने निम्न छ । यसको उदाहरण पनि छर्लङ्ग हामी सबैको सामु प्रष्ट छ । आज देश लोक तान्त्रिक गणतन्त्र भए पनि यसको फाइदा सत्ता र सत्ता बाहिर बसेका पार्टी प्रति साथै उनीहरुका नजिकका आसेपासेले मात्र फाइदा लिएका छन् । जुन कुरा गरिव वर्गमा कुनै पनि परिवर्तन आएको देखिन्न । यसको मुख्य कारण शिक्षा नै जस्तो लाग्दछ । मानिसमा शिक्षाको ज्ञान नभइ उनीहरुमा चेतनाको विकास हुदैन । विना शिक्षाले मानिसहरुमा परिवर्तन ल्याउन सक्दैन ।

शिक्षा विना मानिसहरुमा चेतनाको विकास हुँदैन । विना चेतना उनीहरुको जीवनमा परिवर्तनको महसूस हुँदैन । जसको फलस्वरुप देशका लाखौं गरीब मानिसहरु गरिव नै अवस्थामा रहन्छन । यीनै विभिन्न कुराहरुलाई मध्यनजर गरी ऋजष्मिचभल इाा त्जभ क्तचभभत ले विगत १५ वर्षदेखि अहिलेसम्म संस्थाको आय श्रोतले भ्याएसम्मको गरिव अनाथ असहाय विपन्न तथा टुहुरा बालिकाहरुको पहिचान गरि संस्थाको उद्देश्य अनुसार कार्यक्रम संचालन गर्दै आएको छ । तर पनि देशमा देखिएका परिवर्तन र सरकारी नीति नियमहरु सहज नभएकोले यस्ता कार्यक्रम गर्न संघ संस्थालाई समस्याका समस्याहरु आइ नै रहेका छन् । तर यस्ता समस्याहरुका बावजूद पनि यस संस्थाले आफ्नो कार्य क्षेत्र फराकिलो पार्दै शुरुदेखि अहिलेसम्म सहयोग गरेका बालिकाहरुको संख्याले उल्लेखनिय मात्रामा सहयोग गरेको देखिन्छ । जसको फलस्वरुप ती बालिकाहरु शिक्षा जस्तो नभइ नहुने कुराबाट सहयोग प्राप्त गरेका छन् । जुन संस्थाको एक महत्वपूर्ण कार्यको थलानी भएको महसूस संस्था र संस्थाका पदाधिकारीहरुलाई भएको पाइन्छ ।

हाल यस संस्थाले सहयोग गरेका बालिकाहरु संस्थाको उद्देश्य अनुसार श्री ग्रीन भिलेज एजुकेशन फाउण्डेसन भत्केकोपाटी र श्री मगल उच्च माध्यमिक विद्यालयमा पठनपाठन गर्ने साथै विद्यालयको रेखदेखमा संचालित छात्रावासमा राखि आफ्नो कार्यक्रमलाई निरन्तरता दिंदै ति बालिकाहरु उनीहरुको भविष्य शिक्षाबाट बन्चित हुनबाट जोगिएको यस संस्थाले महसुश गरेको छ । यसका लागि नयाँ संघ संस्था र व्यक्तिहरुले आफ्नो कार्यक्षेत्रलाई वढि क्षेत्रहरुमा र वढी भन्दा बढी बालिकाहरुलाई सहयोग पुर्याउने कार्यक्रमको लक्ष पनि लिएको छ । यसका लागि नयाँ दात्री संघ संस्था र व्यत्तिहरुको खोजिनिति गर्ने र संस्थामा भएका र गर्ने कार्यक्रमहरु विभिन्न गाउँ जिल्ला र क्षेत्रमा काम गर्ने संघ संस्था व्यक्ति साथै सरकारी निकायलाई पनि जानकारी गरी संस्थालाई अझ वढी सशक्त स्तरमा बलियो बनाउन यस संस्थाका सम्पूर्ण आधिकारिक व्यक्तिहरु सुभेक्षकहरु एकजुट भइ लागेका छन् ।

यस संस्थाको स्थापना काल देखि अहिलेसम्म कम समयमा पनि राम्रो कार्यक्रम गरि देश कै लागि यस संस्थाले दिन सक्ने सहयोग गरेको देखिन्छ । यस संस्थाले संरक्षण दिइएका थोरै बालिकाहरु पनि पूर्ण रुपमा लाभान्वित भएका छन् । यस संस्थाको कार्यक्रमले गर्दा विभिन्न कुराहरु शिक्षा, स्वास्थ्य, खाने, लगाउनेबाट बिमुख भएका टुहुरा अनाथ बालिकाहरु सानै संस्थामा भएपनि लाभान्वित भएका छन् । जसको फलस्वरुप तिनीहरु कुलत क्रियाकलापबाट पनि बचेको पाइन्छ । यसरी टुहुरा अनाथ वालिकाहरु आफनो वाल अधिकारवाट वन्चित भएको जस्तो देखिएता पनि यस संस्थाको सहयोगले थोरै भए पनि वालअधिकार प्राप्त गर्न सक्ने प्रसस्त चेतना दिइने छ ।

सुरेन्द्र ढकाल प्रतिष्ठानसंगको सहकार्य 

यसै अनुरुप हाल सालै श्री सुरेन्द्र ढकाल फाउण्डेसनमा यस संस्थाले पहिलो खुड्किलो टेक्ने सौभाग्य पाएको छ । जसको लागि संस्था र हामी संस्थाका पदाधिकारीहरुले श्री सुरेन्द्र ढकाल फाउण्डेसनलाई धन्यवाद टक्रयाउँदछौं । 

यस संस्थाको कार्यक्रमबारे संस्थाका आधिकारिक व्यक्तिहरुले विभिन्न अन्य संस्थामा गई सम्बन्धित संस्थाका व्यक्तिहरुलाई सँस्थाको स्थापना कालदेखि अहिले सम्मको गतिविधिबारे सम्पूर्ण कुरा सप्रमाण सहित प्रस्तुत गर्दैआएको छ । जसको फलस्वरुप श्री सुरेन्द्र ढकाल फाउण्डेसनलाई पनि संस्थाको गतिविधि अवगत गराइएको थियो जसको फलस्वरुप सुरेन्द्र ढकाल फाउण्डेसनले यस संस्थाका ३१ जना बालिकाहरुलाई सहयोग गर्ने भनि संस्थाका आधिकारिक व्यक्ति र सुरेन्द्र ढकाल फाउण्डेसन बिच सम्झौता

सम्पन्न भई संस्थाको नवनिर्मित भवनका कक्षहरुका लागि गलैचा, झ्यालहरुका लागि पर्दा र संस्थाका वालवालिकाहरुका खेलकुद सामाग्रीको ब्यवस्था गर्नको लागि प्रतिष्ठानले यस संस्थालाई रु १ लाख २० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । यसबाट प्रतिष्ठान र संस्था वीच भविष्यमा पनि सहयोगको अपेक्षा गर्न सकिन्छ ।