काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुन लागेको टी-२० सिरिज खेल्ने टोली सार्वजनिक गरेको छ ।

क्यानले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिँदै सिरिज खेल्ने टोली सार्वजनिक गरेको हो। यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन्।

रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी-२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ। त्यस्तै टोलीमा उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन्।

हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म चार देशीय टी-२० सिरिज हुनेछ।