काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ।
हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङविरुद्ध भएको मतदानमा ५२ मत प्राप्त गरेसँगै उनीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फेल भएको हो।
गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव राखेका थिए। सोही अविश्वास प्रस्तावको छिनोफानो गर्न आज भएको विशेष साधारणसभामा कूल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य र विपक्षमा ५२ मत परेको हो। १ मत भने बदर भएको छ।
प्रस्तावक पक्षबाट ३४ जनाले मतदान बहिष्कार गर्दा मतदान प्रक्रियामा ५३ जना मात्र सहभागी भएका थिए।
0 comment