काठमाडौं – आईसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा नेपाल पराजित भएको छ। सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा निर्धारित खेलमा दुवै टीमले समान १८४ रन बनाएका थिए। योसँगै ओमानले उपाधि जितेको छ।

सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । नेपाल र ओमान दुवै आईसीसी टि–२० विश्वकपमा छनोट भइसकेका छन्। 

६ विकेटको क्षतिमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन, अकिब इलियासले ३३ रन, जिशान मकसूदले २६ रन र मोहमल नादिमले २४  जोड्न सफल भए । नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले २÷२ विकेट, अविनाश बोहरा, विवेक यादव, गुल्सन झा र सोमपाल कामीले १÷१ विकेट लिएका थिए।

नेपालका लागि पौडेल र करण केसी अविजित रहे। निर्धारित ओ‌भरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।