काठमाडौं – आइसिसी टी–२० विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा लक्ष्य गर्‍यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । निर्धारित २० ओभरमा सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा सर्वाधिक ४६ रन बनाएका थिए।

नेपालको जितका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रनको योगदान गरे। उनी ४८ बलमा ७४ रन बनाउँदै क्याच आउट भएका थिए। यसैगरी आसिफ शेखले २६ बलमा २७ रन बनाएका थिए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

यसैगरी आर्यवीर चौधरीले २६ बलमा ३७ रन बनाउन सफल भए। मनप्रित सिंहले २४ रन, अक्षय पुरी १३ रनमा नटआउट रहे। अन्य खेलाडीले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्। नेपालका लागि अविनाश बोहोराले ३ विकेट, सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले समान २र२ विकेट लिए।