काठमाडौं – चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ।
भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।
टस जिती पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रीएको नेपालले निर्धारित ओभरमा ९ विकेट क्षतिमा १७९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल मल्ल र सन्दीप जोराले समान २९ तथा ओपनर कुशल भुर्तेलले २८ रन बनाए । १२ बल मात्र खेलेका जोराले ३ छक्का र १ चौका हानेका थिए । २२ बल खेलेका मल्लले २ चौका र २ छक्का हाने । १८ रन बनाएका करण केसी नट आउट रहे । १३ बलमा उनले २ छक्का र १ चौका हानेका थिए ।
0 comment