काठमाडौं – चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए भने अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिएका थिए ।

उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिएका थिए।