काठमाडौं ः दशरथ रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ अन्तर गोलको शानदार जितसँग यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

नेपालका लागि प्रशान्त ल्कसमले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने त्यसपछि समीर तामाङले ३० मिनेटमा नेपालको अग्रता दोब्बर पारेका थिए। यसरी नेपाल पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो। नेपालले सुरुदेखि नै दबाब बनाएको थियो ।

माल्दिभ्सले ५८औं मिनेटमा एक गोल फर्काउँदै नतिजालाई २–१ बनाएको थियो भने ८८औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दा अतिरिक्त समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई विजयी दिलाएका थिए। सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

आजको दोस्रो खेल भारत र भुटानविरुद्व ५ः३० मा हुनेछ ।