काठमाडौं - कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन्। 

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको एक दिवसीय खेलमा नेपाली ब्याटर भुर्तेलले एक हजार रन पूरा गरेका हुन्।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्। भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन्। 

भारतविरुद्धको खेलमा आउट हुनुअघी कुशलले २५ बलमा ३ चौका र दुई छक्कासहित ३८ रन बनाएका थिए।