काठमाडौं - स्पेनकी कप्तान ओल्गा कार्मोनाको एक मात्र गोलको मद्दतले इङ्गल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले २०२३ को महिला विश्वकपको उपाधी जितेको छ । 

लगातार दुई विश्वकपको उपाधीका लागी भिडेको इङ्गल्याण्डलाई पछी पार्दै पहिलो पटक फाइनल खेलेको स्पेनले उपाधी जितेको हो । हारसँगै इंग्ल्याण्डको पहिलो महिला विश्वकपको उपाधि जित्ने प्रतीक्षा जारी छ।

खेलको २९ औँ मिनेटमा मिडफिल्डमा इङ्गल्याण्डकी लुसी ब्रोन्जको कब्जाबाट बल खोसेर गोलकिपर मेरी अर्प्सलाई बिट गर्दै कार्मोनाले विजयी गोल गरिन्।

अर्प्सले जेनी हर्मोसोको पेनाल्टी बचाउँदै खेलमा फर्कन प्रेरणात्मक भूमिका खेलेपनी विश्वकप खेलिसकेको अनुभवी इङ्गल्याण्डले स्पेनविरुद्ध खेलमा प्रभुत्व जमाउन सकेन र अन्त्यमा दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो ।   

खेलाडी र स्पेनिस फुटबल महासंघबीच जारी विवादका वावाजुद स्पेन च्याम्पियन बन्यो भने म्यानेजर सरीना विगम्यानको कार्यकालमा यसअघी एक खेल मात्र हारेको इङ्गल्याण्ड विश्वकपको फाइनलमा आएर दोस्रो हार भोग्न पुग्यो ।