काठमाडौं - कोसोभरे अस्लानीको दोस्रो हाफको शानदार गोलसँगै स्वीडेनले अष्ट्रेलियालाई २-० ले हराउँदै महिला विश्वकपको तेस्रो स्थानमा जित हासिल गरेको छ ।

अष्ट्रेलियाकी क्लेयर हन्टले खेलको २६ औँ मिनेटमा स्वीडेनकी स्टिना ब्ल्याक्स्टिनियसलाई डी बक्सभित्र लडाएपछी पाएको पेनाल्टीमा फ्रिडोलिना रोल्फोले गरेको गोलसँगै पाएको अग्रतालाई दोब्बर गर्दै अस्लानीले स्वीडेनलाई लगातार दोस्रो विश्वकपमा कास्य पदक दिलाईन् । स्वीडेनको दोस्रो गोलमा पनि कै असिस्ट रह्यो । 

पराजयको बावजुद सह-आयोजक अष्ट्रेलियाको यो पटकको प्रदर्शन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रह्यो। फूटबल पहिलो रोजाईको खेल नभएको देश विश्वकपको चौंथो स्थानमा आउनु पनि सानो उपलब्धी होईन । अष्ट्रेलियाको इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेल अष्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै दर्शकहरूले हेरेको टिभी कार्यक्रम बन्यो।

तेस्रो स्थानका लागी भएको आजको खेलमा भने अष्ट्रेलियन खेलाडीहरु सुरु देखी नै निरास र थकित देखिन्थे । शायद त्यसैले होअ खेलमा आफ्नो प्रभुत्व जमाउनबाट चुके । खेलमा दुई राम्रा मौका बुन्न सफल भएपनी स्वीडिस गोलरक्षक जचीरा मुसोभिचले अष्ट्रेलियालाई खेलमा गोला गर्ने कुनै मौका दिईनन् । 

यसअघि एकपटक मात्रै विश्वकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको अष्ट्रेलिया २००३ मा अमेरिकापछि सेमिफाइनल पुग्ने पहिलो आयोजक राष्ट्र बन्दा घरेलु दर्शकको मन जित्न भने पुर्णरुपमा सफल भयो । 

५ पटक सेमिफाइनल खेलेरपनी एक पटक मात्रै फाइनलमा पुगेको स्वीडेनको अनुभव अष्ट्रेलियामाथी हाबी भयो र स्वीडेन पुरा खेल आफ्नो पकडमा राख्दै चौंथो पटक कास्य पदक जित्न सफल पनि रह्यो । 

अब उपाधीका लागी विश्वकपको फाइनल खेल स्पेन र इङ्गल्याण्डबिच भोली नेपाली समय अनुसार ३:४५ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।