काठमाडौं - क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकलाई  हेटौँडामा मोबिल छ्यापिएको छ। 

क्यानको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका पाठकमाथि स्कुटरमा आएका दुई जना व्यक्तिले मोबिल पाठकलाई छ्यापेर भागेका हुन्।

अधिवेशनको उद्घाटन कार्यक्रम सकिए लगत्तै खाना खाइरहेको समयमा पाठकमाथि छ्यापिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए। 

मोबिल छ्यापेर भाग्नेहरूको विरुद्ध उजुरी प्राप्त भएको र अहिले खोजी कार्य चलिरहेको कार्कीले बताए।