काठमाडौं – नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै करिब १८ वर्ष लामो खेलाडी जीवनबाट उनले घोषणा गरेका  हुन् । 

 ‘पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि टिममा झुन्डिएर बस्नु उपयुक्त लागेन ।’ पूर्व कप्तान मल्लले भने । कुनै समय एसिया कपसम्म खेल्छु भन्ने मल्लले सन्यासका लागि यो नै उपयुक्त समय हो भन्ने लागेको उनले सुनाए ।

पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहेका मल्ल नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तानका रुपमा काम गरेका थिए ।