काठमाडौं - आगामी ३० अगष्टदेखी पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजा हुन लागेको एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। 

तालिकाअनुसार नेपालले ३० अगष्टमा आयोजक पाकिस्तानसँग उद्घाटन खेल खेल्ने छ। त्यस्तै नेपालले दोस्रो खेल भारतसँग ४ सेप्टेम्बरमा अर्का आयोजक देश श्रीलंकामा खेल्नेछ। 

समुह चरणबाट शिर्ष दुई टोली सुपर फोरका लागी चयन हुनेछन् । समुह 'ए'मा नेपालसँगै भारत र पाकिस्तान छन् भने समुह 'बी'मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा स्थान पक्का गरेको थियो।