काठमाडौं - एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल युएई ‘ए’ विरुद्ध तीन विकेटले विजयी भएको छ ।

श्रीलंकाको कोलोम्बोस्थित पीसारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो। नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको लक्ष्य पूरा गर्‍यो। 

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए। त्यसैगरी देव खनाल र सन्दिप जोराले २४/२४ रनको योगदान दिए।

बलिङतर्फ युएइका मोहम्मद फाराजुदिनले सर्वाधिक पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए। 

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए। 

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए भने श्याम ढकालले २ विकेट लिए। कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए। 

यसखेलसँगै नेपाल र युएईको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ‘ए’सँग ९ विकेटले पराजित भएको थियो।