काठमाडौं - एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाल पाकिस्तान 'ए'सँग चार विकेटले पराजित भएको छ। 

श्रीलंकाको कोलम्बो क्लबमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल बनायो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान 'ए'ले ३२.५ ओभरमा ६ विकेट क्षतिमा पूरा गर्‍यो।

पाकिस्तानका लागि तायब ताहिरले ५१ रन बनाए भने ओमेर युसुफले ३६, काम्रन गुलामले ३१ र साइम आयुबले २४ रन बनाए ।

नेपालका लागि ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए भने पवन सर्राफले २ विकेट र कुश मल्लले १ विकेट लिए। 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए भने त्यस्तै प्रतिश जिसीले २६ रन बनाए। 

पाकिस्तानका लागि शहनावाज दहानीले ५ विकेट लिए भने मोहम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए ।