काठमाडौं - आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ। 

जिम्बाब्वेको हरारेस्थित टाकासिङ्घा क्रीकेट क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । 

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले ८५ बल खेलेका ऐरीले २ छक्का र ७ चौकासहित ७९ रन बनाए भने सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रन बनाए। युएईलाई पराजित गर्न ऐरी र लामिछानेले ७९ रनको साझेदारी गरेका थिए। त्यसैगरी, कुशल भुर्तेलले ३५ रन बनाए।

युएईका मोहम्मद जवाद उल्लाहले ३ विकेट लिए भने जुनैद सिद्दिकी, अली नसीर, सञ्चित शर्मा र रोहन मुस्ताफाले १-१ विकेट लिए । 

युएईका लागी वृत्या अरविन्दले सर्वाधिक ४४ रन बनाए भने रोहन मुस्ताफाले ३५, बासिल हमीदले २९ र आर्यांश शर्माले २८ रन बनाए ।  

नेपालको लागी करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए। प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्र संह ऐरीले एक-एक विकेट लिए।