काठमाडौं - साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा आज नेपाल र कुवेत भिड्दै छन् ।  

भारतको बेङ्गुरुमा आज दिउँसो ३:४५ बजेबाट खेल सुरू हुने दक्षिण एसियाली फुटबल संघले जनाएको छ।

आजबाट जुलाई चारसम्म हुने प्रतियोगितामा नेपालले समूह ‘ए’मा आयोजक भारत, आमन्त्रित टिम कुवेत र पाकिस्तानको सामना गर्नेछ। यसअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि उचाल्न असफल भएको थियो।

यसपाली दक्षिण एसियाका बाहेक कुवेत र लेबनानले पनि साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदैछन्। प्रतियोगितामा सहभागी आठ टिम दुई समूहमा विभाजित छन्। दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।

साफले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानसँग खेल्ने छ।

समूह ए- भारत, कुवेत, नेपाल, पाकिस्तान

समूह बी- लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश