काठमाडौं - एसिसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

प्रतियोगिताको समूह चरण अन्तर्गत हङकङविरुद्धको अन्तिम खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। 

पहिलो खेलमा पाकिस्तान 'ए' सँग ९ रनको पराजय बेहोरेको नेपालको भारत 'ए' सँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले अंक बाडेको थियो।

समूह चरणका दुई खेल रद्द भई अंक बाँडेको नेपालले ३ खेलबाट २ अंक बटुल्यो । एक-एक खेल जितेका भारत र पाकिस्तान ४/४ अंक बटुल्दै सेमिफाइनलमा प्रवेश गरे । 

नेपाल सरह समान २ अंक बटुलेको हङकङ पनि समूह चरणबाटै बाहिरिएको छ।