काठमाडौं - नेपाली महिला फुटबलको विश्व वरीयता नेपाल १ स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले हालै निकालेको महिला फुटबलको वरीयता अनुसार यसअघि १०० औं स्थानमा रहेको नेपाल १०१ औं स्थानमा झरेको हो । 

दक्षिण एसियाली देशमध्ये शीर्ष स्थानमा रहेको भारत विश्व वरीयतामा ६०औं स्थानमा छ । ७ स्थान सुधार गर्दै भुटान १७१औं स्थानमा उक्लिएको छ । यसअघि भुटान १७८औं स्थानमा थियो । नेपाललाई घरेलु मैदानमा पराजित गर्दै साफ महिला च्याम्पियन बनेको बंगलादेश १४० औं स्थानमा यथावत रहेको छ ।

विश्व वरीयताका शीर्ष पाँचमा भने कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो, स्वीडेन तेस्रो, इंग्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छन् ।