काठमाडौं - आगामी जुन १४ देखि २२ सम्म माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।

कप्तान सदिश प्रधानको नेतृत्वमा प्रतियोगितामा सहभागिता जनाउने नेपाल बास्केटबल संघले जनाएको हो।

प्रतियोगितामा माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने छ। लिगको आधारमा आयोजना हुने प्रतियोगिताको शीर्ष दुई टोलीले अन्तिममा उपाधिका लागि भिड्ने छन्। 

नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसँगै धैरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए। प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार माल्दिभ्स जाने संघले जनाएको छ।