काठमाडौं - एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ५-० गोलअन्तरले पराजित भएको हो। 

म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले पहिलो गोल गरिन्। म्यानमारकी यिन लुन इयानले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसैगरी युन वादी हलाइङ्गले खेलको ६९औँ मिनेटमा एक गोल थपिन्। 

एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल यही जेठ २५ गते चीनसँग खेल्नेछ। नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन्।

यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० गोल अन्तरले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो।